×

वीरगञ्ज, १२ असोज ।  प्रदेश नम्बर २ सरकारको मधेश स्वास्थ्य प्रतिष्ठानको पहिलो बैठक मंगलवार सम्पन्न भएको छ ।

प्रतिष्ठानका सहकुलपति एवम् प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा बसेको बैठकले पञ्चवर्षिय योजनाअनुरुप विभिन्न निर्णयहरु गरेको प्रतिष्ठानका परिषद् सदस्य वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर प्रमोद कुमार सर्राफले जानकारी दिए ।

सर्राफका अनुसार ५ वर्षभित्र प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणका साथै एम.डि एम एस सञ्चालन गर्ने निर्णय आजको बैठकले गरेको छ । पहिलो बैठक परिचयात्मक हुनुका साथै कार्यभार सम्हाल्ने र नियमावलीहरुको निर्माण गर्ने विषयमा केन्द्रित भएको थियो ।

बैठकमा  सहकुलपति साहसँगै उपकुलपति प्राध्यापक डाक्टर रामकेवल साह, परिषद्का सदस्य प्राध्यापक डाक्टर भरत यादव लगायतको उपस्थिती रहेको परिषद् सदस्य प्राध्यापक डाक्टर सर्राफले जानकारी दिए । 
 

Back to top