×

घुमिफिरी दशैंको माहोल विस्तारै बढ्दैछ । त्यससँगै काठमाडौंमा भएकाहरू दशैंको टिका थाप्न आफ्नो जन्मघर फिर्तीको योजनामा छन् ।

दशैंलाई लक्षित गर्दै उपत्यकाबाहिर जानेहरूका लागि सरकारको समन्वयमा यातायात व्यवसायीले आज (सोमबार) बाट बसको अग्रिम टिकट बुकिङ पनि सुरु गरेका छन् ।

बसको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, गौशाला लगायतका क्षेत्रमा टिकटका लागि चहलपहल सुरु भइसकेको छ । यसरी काउन्टरमा गएर लाइन बसेर टिकट काट्ने दृश्य हरेक वर्ष दशैंमा दोहोरिरहने पुरानो पद्धति हो ।

तर, आज त हामी प्रविधिसँग धेरै नजिक भइसकेका छौ । यस्तोमा त्यही पुरानो पद्धतिमा लाइन बसेर टिकट काट्नु कति व्यवहारिक हो त ? आज हामी यो दशैंमा घर जान अनलाइनबाट कसरी टिकट काट्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

अनलाइन टिकेटिङको सेवा उपलब्ध गराउने धेरै वेबसाइट र एप छन् । त्यसमध्ये बससेवाबससेवा नेपालवेस्ट नेपाल बसस्मार्ट यात्रुबस नेपाल लगायतका प्लेटफर्म उपलब्ध छन् ।

यी प्लेटफर्मले देशका विभिन्न स्थानमा जाने बस व्यवसायीसँगको सहकार्यमा अनलाइन टिकट उपलब्ध गराउँदै आएका छन् । यद्यपि तपाईंले जान चाहेको ठाउँको टिकट एउटा प्लेटफर्ममा उपलब्ध नहुन सक्छ । साथै प्लेटफर्मअनुसार बसको टिकटको शुल्क पनि फरक पर्न सक्छ ।

त्यो हुँदा तपाईंले सबै विकल्पहरू हेर्न आवश्यक हुन्छ । यति गरेसँगै अब टिकट काट्ने कसरी भन्ने हो । त्यसका लागि बससेवाबससेवा नेपालवेस्ट नेपाल बसस्मार्ट यात्रुबस नेपाल अथवा अन्य कुनै वेबसाइट खोल्नुहोस् ।

त्योसँगै अब आफ्नो अकाउन्ट बनाउनुहोस् । जब तपाईंले अकाउन्ट बनाएर रजिस्टर गर्नुहुन्छ, अब लगईन गर्नुहोस् । लगईन भएसँगै वेबसाइटमा एउटा फर्म देख्नुहुनेछ । जहाँ तपाईंले आफू रहेको स्थान अर्थात कहाँबाट गाडी चढ्ने हो छनोट गर्न सक्नुहुनेछ ।

त्यसमध्ये आफूलाई पायक पर्ने बस र सिट छनोट गरी अब बुकिङ अघि बढाउन सक्नुहुनेछ । जब तपाईंले बुकिङको लागि अघि बढ्नुहुनेछ तब तपाईंले आफ्नो जानकारी उपलब्ध गराउनु पर्नेहुन्छ ।

जब तपाईंले आफ्नो जानकारी भरी बुकिङ गर्नुहुन्छ तब त्यहाँ पेमेन्टको अप्सन देखापर्नेछ । पेमेन्टका लागि बैंकका साथै, ई-सेवा, खल्ती, आईएमई पे जस्ता विभिन्न वालेट त्यहाँ देखिनेछन् । त्यसमध्ये आफूलाई पायक पर्ने विकल्प छनोट गरी त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।

त्यसरी भुक्तानी गरेसँगै तपाईंको टिकट बुकिङ सफल हुनेछ । अब तपाईंको टिकट बुकिङ भएसँगै त्यसलाई डाउनलोड गरी सुरक्षित राख्न भने आवश्यक छ । त्यो भएको खण्डमा यात्रको क्रममा तपाईंलाई सहज हुनेछ । टेकपाना    

Back to top