×

वीरगञ्ज ११ असोज । वरिष्ठ चिकित्सक प्राध्यापक डा. प्रमोद कुमार सर्राफ मधेश स्वास्थ्य प्रतिष्ठान सञ्चालक परिषद्को सदस्यमा मनोनयन भएका छन् ।

प्रदेश नं. २ को सरकारले डा. सर्राफलाई गत वर्ष गठन गरिएको मधेश स्वास्थ्य प्रतिष्ठानको परिषद् सदस्यमा मनोनयन गरेको हो । 

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालका क्याम्पस निर्देशकसमेत रहेका डा. सर्राफलाई मधेश प्रतिष्ठान ऐन २०७७ को दफा ७ को उपदफा १(ट) बमोजिम परिषद् सदस्यमा नियुक्त गरिएको प्रदेश नं. २ को सामाजिक विकाश मन्त्रलाय जनाएको छ ।

चिकित्सा क्षेत्रमा दुई दशकभन्दा पनिं लामो अनुभव बटुलेका डा. सर्राफले पछिल्लो समय आएका विभिन्न कोभिड-१९ सङ्क्रमणको लहरमा अग्रपंतिमा खटेर विरामीहरुको उपचार गरेका थिए ।

Back to top