×

वीरगञ्ज, २९ भदौ । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट ६ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ । 

बिओपी वीरगञ्ज पर्साबाट आई.डि.नं. ४८३०१  क सशस्त्र प्रहरी सहायक हवल्दार सञ्ज्य श्रेष्ठको नेतृत्वमा खटिएको ७ जनाको डिउटी टोलीले नेपालबाट भारतर्फ जाँदै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको हो । 

शंकराचार्य गेट निर शंका लागि चेकजाँच गर्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय पवन कुमार श्रीवास्तवको साथबाट ६ केजी अवैध लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

बरामद गाँजासहित आवश्यक कारवाहीका लागि पक्राउ परेका श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । 
 

Back to top