×

वीरगञ्ज, २८ भदौ ।  नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटबाट पर्सा प्रहरीले ५ लाख अवैध रकमसहित १ जनालाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचाय गेटमा खटिएको नियमित चेकिङ्ग टोलीले ना. २५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकल रोकि जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

खनालका अनुसार पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३  वर्षीय महमद आसिफ अन्सारी रहेका छज् ।
हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको रकमसहित अन्सारीविरुद्ध बैंक तथा वित्तीय सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान थालिएको प्रवक्ता खनालले बताए । 
 

Back to top