×

वीरगञ्ज २७ भदौ । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । यहाँस्थित नेपाल सुनचांदी व्यवसायी महासंघको अनुसार छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुन प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, चाँदीको मुल्य आज शुक्रबार भन्दा तोलामा २० रुपैयाँ घटेको छ । आज प्रतितोला ११ सय ९५ रुपैयाँ कायम भएको छ ।

Back to top