×

नयाँ रहुन्जेलसम्म त फोनमा खासै समस्या देखिँदैन । तर समय बित्दै गएपछि फोनको स्पिडमा समस्या देखिनु नौलो विषय होइन ।

हामीले प्रयोग गर्ने सफ्टवेयर र चलाउने विभिन्न प्रोग्रामका कारण लोड बढी भई फोन ढिलो चल्ने हुन्छ । जहाँ अनावश्यक डेटा संकलित भएर फोनलाई भारी बनाइरहेका हुन सक्छन् । 

फोनलाई छिटो चल्ने बनाउन क्यास क्लियर गर्ने एउटा अस्थायी तरिका हो । यसले तपाईंले नियमित रुपमा प्रयोग गरेका वेब ब्राउजर र अन्य साइटहरूसँग सम्बन्धित डेटाको प्रयोग गरी फोन छिटो चल्ने बनाउन मद्दत गर्दछ ।

क्यासले तपाईंको डेटा स्टोर गर्न छोडेपछि फोन फेरि ढिलो चल्न थाल्छ । यसो हुँदा फोनमा गम्भीर समस्या देखिन सक्छ ।

आईफोनमा सफारी र गुगल क्रोमबाट क्यास क्लियर गर्दा धेरै वेबसाइटबाट तपाईंको अकाउन्ट लगआउट हुन्छ । तर क्यास क्लियर गर्नुअघि पासवर्ड याद राख्नुहोला ।

सफारीमा क्यास क्लियर गर्ने तरिका

  • फोनको होमस्क्रिनबाट सेटिङ एप खोल्नुहोस् । 
  • अब तल सारेर ‘सफारी’ मा ट्याप गर्नुहोस्
  • सफारीको ‘सेटिङ’ मा स्क्रोल गर्नुहोस्
  • अब तपाईंले ‘क्लियर हिस्ट्री एन्ड वेबसाइट डेटा’ देख्न सक्नुहुन्छ । 
  • उक्त अप्सनमा ट्याप गरिसकेपछि तपाईंले देख्न सक्नुहुन्छ, जहाँ भनिएको हुन्छ ‘क्लियरिङले तपाईंका पुराना गतिविधिहरू हट्नेछन र वेबसाइटबाट तपाईंको अकाउन्ट लगआउट हुनेछ र तपाईंको आईक्लाउड अकाउन्टमा भएका सबै डिभाइसहरूबाट हिस्ट्री डिलिट हुनेछन् ।’
  • अब ‘क्लियर हिस्ट्री एन्ड वेबसाइट डेटा’ मा ट्याप गर्नुहोस् ।

क्रोममा क्यास क्लियर गर्ने तरिका

  • सबैभन्दा पहिला फोनमा रहेको ‘क्रोम’ एप खोल्नुहोस् ।
  • अब स्क्रिनको तलतिर भएको मेन्यु बटन (थ्री डट) मा ट्याप गर्नुहोस् । 
  • अब हिस्ट्री’ मा क्लिक गर्नुहोस् ।
  • अब तपाईंले स्क्रिनमा तलतिर ‘क्लियर ब्राउजिङ डेटा’ देख्न सक्नुहुनेछ । जहाँ सँगै ‘इडिट’ बटन पनि हुन्छ । 
  • ‘इडिट’ बटनमा ट्याप गरी हिस्ट्रीबाट के के हटाउने भनेर छान्न सक्नुहुनेछ । 
  • डिलिट गर्ने पुराना गतिविधिहरू (हिस्ट्री) निश्चित गरिसकेपछि ‘क्लियर ब्राउजिङ डेटा’ मा ट्याप गर्नुहाेस् ।
Back to top