वीरगञ्ज, १४ भदौ । प्रदेश नम्बर २ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले प्रदेशमा खानेपानी र उर्जाको विकासका लागि सदैव तत्पर रहेन प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीरगञ्जबाट प्रकाशित हुने रंगीन मासिक पत्रिका ‘द मिरर अफ सोसाइटी’ र वीरगञ्ज सञ्जाल साप्ताहिक पत्रिकाको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले खानेपानीको समस्याबाट गुज्रिरहेका बाराको अमलेखगञ्जका बासिन्दालाई समस्याबाट मुक्त गराउने प्रयासमा आफु लागेको बताए ।
द मिरर आफ सोसाइटीका प्रकाशक एवम् सम्पादक आरसी यादवको सभापतित्वमा भएको बिमोचन कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्धिन समानी, नेकपा एमालेका नेता बाबुराम कौशिक, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब दिपेन्द्र चौहान, पर्साका अध्यक्ष अनुपत तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको वीरगञ्ज सञ्जालका प्रकाशक कृष्ण श्रीवास्तवले जानकारी दिए । कार्यक्रमको सहजिकरण रेखा सिँहले गरेकी थिइन् ।