वीरगञ्ज, १४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगञ्जले पनि सवारी चालक अनुमति पत्रको परीक्ष पुनः सुचारु गर्ने तयारी थालेको छ ।
वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत ४ महिनादेखि सवारी चालक अनुमपति पत्रको परीक्षा रोकिएको थियो ।
यातायात व्यवस्था विभागले भदौ १० गते नै गरेको परिपत्रका आधारमा स्वास्थ्य मापदण्डको पालना गरेर सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्ने यातायात व्यवस्था कार्यालय वीरगञ्जको लाइसेन्स शाखाका प्रमुख सुशिल साहले जानकारी दिए ।
साहका अनुसार वीरगञ्जमा भाडामा लिइएको ट्रायल सेन्टरमा वर्षाका कारण पानी जमेकाले सरसफाई गर्ने र अन्य आन्तरिक तयारीका कामहरु अहिले भइरहेको छ ।
यही हप्ताभित्र सूचनामार्फत परीक्षाको मिती सार्वजनीक गरिने प्रमुख साहले यात्राडेलीलाई बताए । सवारी चालक अनुमति पत्रको परीक्षा पुनः सुचारु हुने समाचार प्रकाशमा आएसँगै ट्रायल खुल्ने प्रतिक्षामा रहेका झण्डै ७ लाख सेवाग्राही खुशी भएका छन ।