हार्ले डेभिडसन बाइक नाडा अटो शोमा, मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।
आइएमई अटोमोटीभ्सले अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक वितरकको रुपमा यो बाइक नेपालमा भित्र्याएको हो । यो बाइकको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।
भाद्र २६ गते देखि भृकुटीमन्डपमा आयोजना हुने अटो शोमा पहिलो पटक नेपाली बजारमा हार्ले डेभिडसन बाइक ८८३ मोडल नाडा अटो शोमा प्रदर्शन हुने भएको छ ।
कम्पनीका अनुसार अटो शोलाई लक्षित गरेर हालको लागि एउटा मोडल प्रर्दशन तथा बिक्रि गर्ने भएको छ । ग्राहकको माग र छनोट अनुसार नयाँ मोडलका बाइकहरु ल्याउदै जाने कम्पनीले बताएको छ ।
नेपाली बजारमा आइरन ८८३ चारवटा कलरमा उपलब्ध रहेको छ । कम्पनीले नाडा अटो शोमा दुईवटा बाइक प्रर्दशनमा राख्ने भएको छ ।
हार्लेको आईरन ८८३ बाइकमा ८८३ सीसी क्षमताको एयर कुल्ड एफआइ डबल सिलिन्डर इन्जिन रहेको छ । यसले ५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क जेनेरेट गर्छ ।
फ्रन्ट तथा रियरमा २९२ एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा १९ इन्चको रेडियल अलोय ह्वील रहेको छ । १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेका आइरन ८८३ को २५६ केजी तौल रहेको छ ।
२० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रिर्जभमा २.६५ लिटर फ्युल रहने छ । आइएमई अटोमोटीभ्सले अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक वितरकको रुपमा यो बाइक नेपालमा भित्र्याएको हो । यो बाइकको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।
आइएमई अटोमोटीभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका जनरल मेनेजर उज्वल जोशीका अनुशार नाडा अटो शोको अवसरमा यस आईकमा ८५ हजार छुटको अफर रहेको छ ।
0
0