२४ साउन । आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्न मिल्ने प्रणालीको व्यवस्थापन गरेको छ ।
यदि तपाईंको पनि अन्त:शुल्क इजाजतपत्र नवीकरण भएको छैन भने उल्लेखित विवरणअनुसार अनलाइनबाट नै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नुहुन्छ:
करदाताले बैंकमा गई भौचर दाखिला गर्ने र सो भौचर बमोजिम इजाजतपत्र नवीकरण गर्न कार्यालयमा निवेदन दिने हालको पद्दतिले गर्दा कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकम आदिमा त्रुटि हुने सम्भावना रहेको र दिनहुँ धेरै भौचरहरु संशोधन हुने गरेको कारणले करदाता र कर प्रशासन दुबैको समय र लागत बढेको र सेवा प्रवाह झन्झटिलो भएको थियो ।
यही समस्यालाई सम्बोधन गर्नको लागि अनलाइन प्रणाली सुरु गरेको विभागले जनाएको छ । साभार : टेकपाना डट. कमबाट