×

वीरगञ्ज, ९ साउन । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्जको आदर्शनगरस्थित विभिन्न क्षेत्रमा क्विक ब्रेकर लगाएको छ । 

सवारी साधनको तिव्र गतिलाई नियन्त्रण गरी दुर्घटना हुन बाट जोगाउने अभिप्रायले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत क्विक ब्रेकर लगाइएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । 

वीरगञ्जको आदर्शनगरस्थित मकालु चोक, माईस्थान चौक, पवन रुंगटा  र ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र अगाडीको सडकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको उपस्थितीमा क्विक ब्रेकर जडान गरिएको हो । 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यवाहक प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी नायव निरीक्षक बसन्त नेपालसहित केन्द्रका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो । 
 

Back to top