×

८ साउन । अब ब्लुबुक साथमा बोक्नु नपर्ने भएको छ । सेवाग्राहीले आवश्यक परेको समयमा क्यूआर कोड स्क्यान गरेरै सेवा लिन सक्ने गरी शुक्रबार यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा आएको छ ।

सेवाग्राहीले आफ्ना विवरण अनलाइनबाटै हेर्न, राजस्व तिर्न, बीमा गर्न एवं नवीकरण गर्न सक्ने गरी बागमती प्रदेशले अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएकाे हाे । याे प्रणालीअन्तर्गत अनलाइनबाटै ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीकाे भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्नसक्ने सुविधा पनि छ ।

‘ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छौं,’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले भने, ‘सेवा दिने र लिने दुवै अनलाइन प्रणालीमा आबद्ध भएपछि अब सेवा प्रवाहमा सहजता आउनेछ ।’

राजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनको बताए ।

‘यो प्रणालीमा सेवाग्राही आफैंले राजस्वको विवरण हेर्न मिल्ने सिस्टम छ, जसमा ट्याक्स क्यालकुलेटर मोड्युल राखिएको छ,’ उनले भने, ‘घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न र अनलाइनबाटै ई-टोकन लिई तोकिएको समयमा कार्यालयमा गई सेवा लिन सकिने सुविधा याे प्रणालीमा छ ।’ साभार : टेकपाना डट. कमबाट  

Back to top