×

वीरगञ्ज ७ सावन । लायन्स क्लब अफ वीरगंज गेटवे, नॉर्थ, ग्रीन क्याम्पस र सेन्ट्रल सिटीको आयोजनामा भर्चुवल माध्यमबाट डर तथा फोबिया उन्मुलन कार्यक्रम सम्पन्न भएको छ ।


भर्चुवल एप जुमको माध्यमबाट सम्पन्न कार्यक्रममा प्रमुख अतिथि न्यूरो भाषिक प्रोग्रामिङ्ग विशेषज्ञ छबि अधिकारीले डर तथा फोबियालाई कसरी उन्मुलन गर्न सकिन्छ भन्ने बारेमा जनचेतनामुलक प्रस्तुतिकरण गर्नु भएको थियो ।


कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन.अग्रवालले कार्यक्रम उपलब्धिमूलक रहेको बताउँदै कार्यक्रमका आयोजकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा लायन्स क्लबका को–चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, एरिया चिफ लायन बासु तिमिल्सिना, रिजन चेयरपर्सन लायन मुकुन्द बहादुर क्षेत्री, लायन अनुप अग्रवाल, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन उमेश साह कानु, लायन गुड्डी जोशी, लायन मिना टिबडेवाल लगायत लायन्स क्लब एरिया २ अन्तर्गत रहेका क्लबका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


कार्यक्रमको संचालन लायन्स क्लबकी जोन चेयरपर्सन लायन आश्मा सिंह यादवले गर्नु भएको थियो ।

Back to top