×

काठमाण्डौ, ६ साउन ।  नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सात लाख २४ हजार चार सय ५५ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

Back to top