×

वीरगन्ज, असोज ०७ - सबैको चासो विषय बनेको नेपालीकै कान्छो र दुई नम्बर प्रदेशको एक मात्र महानगर, वीरगन्ज महानगरपालिकाको पच्चिल्लो मतपरिणामले नयाँ मोड लिएको छ ।

मंगलवार मतगणना सुरु भए देखि कहिले पहिलो र कहिले दोश्रो स्थानमा रहँदै आएका नेपाली कांग्रेसको मेयर पदका प्रत्यासी अजय कुमार द्विवेदीलाई संघिय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले उछिनेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेक पछिल्लो मतगणनाको विवरण अनुसार संघीय समाजवादी फोरम नेपालका मेयर पदका प्रत्यासी विजय कुमार सरावगीले ८ हजार ४ सय १० मत प्राप्त गर्दै ७२ मतले लिड गर्दै छन् । मतगणनाको दोश्रो दिन देखि पहिलो स्थानमा रहँदै आएका नेपाली कांग्रेसका द्विवेदी ८ हजार ३ सय ३८ मत प्राप्त गर्दै दोश्रो स्थानमा धकेलिएका छन् ।

फोरम नेपालका उम्मेदवार सरावगी पहिलो पटक कांग्रेसका द्विवेदीलाई उछिन्दै पहिलो स्थानमा पुगेका हुन् । आज अपराह्न सम्म पहिलो स्थानमा रहेका कांग्रेसका द्विवेदी निर्वाचन आयोगले वीरगन्जका विभिन्न वडा हरुको ३८ हजार ५ सय ९८ मतगणनको नतिजा सार्वजनिक गर्दा दोश्रो स्थानमा धकेलिएका छन् ।

द्विवेदीलाई पछ्याउदै राष्ट्रिय जनता पार्टी (राजपा)का मेयर उम्मेदवार राजेशमान सिंह तेश्रो स्थानमा रहेका छन् । मतगणनको पहिलो दिन देखि कहिले पहिलो र कहिले दोश्रो स्थानमा रहँदै आएका सिंह पनि हिजो देखि तेश्रो स्थानमा धकेलिएका छन् । सिंहले ६ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका मेयर प्रत्यासी बसरुद्दीन अन्सारीले ४ हजार १ सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका रह्बर अन्सारीले ४ हजार ३४ मत र नेपाली लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ३ हजार २ सय ८ मत प्राप्त गरेका छन् ।

Back to top