×

वीरगञ्ज ९ असार । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ। टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ।

मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ। टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।

विहान ६ : ३० बाट ८ : ३० बजे सम्म सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमका सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिए। 

Back to top