×

वीरगञ्ज, ७ असार । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणको ब्यारेकमा कार्यरत एक जवानले आफैलाई गोली प्रहार गरेका छन् । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ सतवरिया टोल घर भएका सेनाका जवान श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन् । 

ड्युटीमा खटिएकै बेला चौहानले आफूसँग रहेको स्वचालित बन्दुकले आफ्नै चिउडोबाट गोली हान्दा आँखा नजिकैबाट निस्किएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

आफैलाई गोली हानी गम्भीर घाइते भएका चौहानको वीरगन्जकै नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

अवस्था गम्भीर रहेको हुँदा चौहानलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित सैनिक अस्पतालमा लैजाने तयारी गरिएको नेपाली सेनाका चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले बताए । 
 

Back to top