×

वीरगञ्ज, ७ असार । पर्सा जिल्लामा मंगलवारदेखि जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले असार ६ गते जारी गरेको आदेशमा निजी सवारी साधन सञ्चालन सम्बन्धी निर्णयमा संशोधन गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

मंगलवार(भोली) देखि लागु हुने गरी जिल्लाभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । यसअघि जिल्लाभित्र जारी गरिएका सवारी पास समेत रद्द गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 


Back to top