×

वीरगञ्ज, ५ असार । लामो समयसम्म कोरोना सङ्क्रमणको हटस्पट बनेको भारतमा थप ६० हजार सङ्क्रमित थपिएका छन् ।

दुई महिनाअघि लगातार ४ लाख सङ्क्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता सङ्क्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा सङ्क्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय सङ्क्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

Back to top