×

सर्लाही ५ असार ।  कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेका एम्बुलेन्स चालकहरुलाई सानो पाइलाले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई सेट) वितरण गरेको छ ।

सर्लाहीको मलंगवाबाट सञ्चालनमा रहेको ४० वटा एम्बुलेन्सका चालकहरुलाई संस्थाले पिपिई सेट वितरण गरेको हो । एचएलई नेपालसँगको सहकार्यमा संस्थाले पिपिई सेटहरु वितरण गरेको हो । एम्बुलेन्समा बिरामीलाई अस्पताल पु¥याउँदा लैजाँदा हुनसक्ने संक्रमणको जोखिम पिपिई प्रयोगले न्युन हुने भन्दै पिपिई बाँडिएको हो । 

यसैगरि सर्लाहीका स्वास्थ्य चौकीहरुमा पनि संस्थाले पिपिई वितरण गरेको छ । सर्लाहीको विभिन्न वडामा रहेका ८ वटा स्वास्थ्य चौकीहरुलाई पिपिई वितरण गरिएको हो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरको प्रभावलाई न्युनिरकण गर्न संस्थाले विभिन्न परियोजनाहरु सञ्चालन गरिररहेको छ । 
 

Back to top