×

वीरगञ्ज, ४ असार । टिकटकको मुख्य कम्पनी बाइटडान्सको आम्दानी अघिल्लो वर्षको तुलनामा १११ प्रतिशतले बढेको छ । कम्पनीले प्रस्तुत गरेकाे पछिल्लाे वित्तीय प्रगतिअनुसार सन् २०२० मा बाइटडान्सले ३४ अर्ब ३० कराेड अमेरिकी डलर अर्थात् ४० अर्ब ७१ कराेड रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख पुगेको साे प्रतिवेदनमा उल्लेख छ । कोभिड-१९ का कारण घरमै बसेर समय बिताउनुपर्ने अहिलेको अवस्थामा टिकटक तथा टिकटकको चिनियाँ भर्सन ‘डुयिन’ को उल्लेख्य प्रयोगले कम्पनीको आम्दानी दोब्बरले वृद्धि भएको जनाइएको छ ।

प्राप्त जानकारीअनुसार कम्पनीले सबैभन्दा बढी आम्दानी टिकटकको चिनियाँ भसर्न डुयिनबाट गरेको छ । डुयिनबाट लाइभ स्ट्रिमिङमा हेर्दै सामान खरिद गर्नेको संख्यामा उल्लेख्य वृद्धि हुँदा पनी कम्पनीको आम्दानी बढेको हाे ।

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया ग्रुपको रुपमा रहेको फेसबुकका मासिक प्रयोगकर्ता २.८ बिलियन रहेका छन् । जसमा फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्रामका प्रयाेगकर्ता समावेश छन् । तर, टिकटक एक्लैको मासिक प्रयोगकर्ता १.९ बिलियन पुगेको छ ।

Back to top