×

२७ जेठ । डिजिटल युगमा सबैको हात हातमा मोबाइल फोन, ल्यापटप डिभाइस र घर घरमा इन्टरनेट पहुँच छ । तर यसलाई कसरी सुरक्षित प्रयोग गर्ने र यसबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा सबैलाई जानकारी हुँदैन ।

इन्टरनेटको सुरक्षित प्रयोगबारे सिकाई र अभ्यास नहुँदा यसको सबैभन्दा ठूलो जोखिममा बालबालिका पर्ने गर्छन् । यसैलाई मध्यनजर गर्दै नेपालकाे दूरसञ्चार क्षेत्रकाे नियामक निकाय नेपा दूरसञ्चार प्राधिकरणले अनलाइनमा बाल सुरक्षाका भन्दै केही सुझाव सार्वजनिक गरेकाे छ ।

त्यसैका आधारमा हामी यहाँ तपाईंहरुलाई बालबालिकालाई अनलाइनमा सुरक्षित राख्ने केही उपाए सिकाउँदै छाैं ।

  • बालवालिकाले अनलाइनमा गर्ने गतिविधि बारे जानकारी राखौ र खुलेर कुरा गरौ, साथै सो बारे कुरा गर्न अभिप्रेरित गरौं।
  • बालवालिकाले हेर्ने भिडियोहरु (Youtube, Tiktok लगायत), चलाउने सामाजिक संजाल (Facebook आदि), खेल्ने Game हरु र अन्य गतिविधिहरुको बारेमा आफूले समेत जानकारी राखौ।
  • यदि बालबालिकाले सामाजिक संजालको प्रयोग गर्छन् भने उनीहरुका साथीहरु को को छन्, के के Share गर्छन्, कस्ता कुराकानी गर्छन् सो को बारेमा जानकारी राखौं ।
  • बालबालिकाले सामाजिक संजालको प्रयोग गर्दा हुन सक्ने सम्भावित अनुचित गतिविधिहरुको बारेमा जानकारी राखौ र नियमित निगरानी गरौं ।
  • बालबालिकाले मोबाईल वा कम्प्युटर वा ट्याब्लेटमा बिताउने समयलाई सिमित गरौँ । बालबालिकालाई खेलकुद, शारीरिक व्ययाम, ध्यान, योगा, संगीत जस्ता अतिरिक्त क्रियाकलापहरुमा पनि समावेश गराऔं ।
  • बालवालिकाले नियमित रुपमा चलाउने Online Class आदिको लिंकलाई सहज पहुँचको लागि Bookmark गरी आफ्नो बालबालिकालाई सो को प्रयोग गर्न सिकाऔं ।
  • बालबालिकाले के हेर्दै/गर्दैछन् भन्ने कुरा निगरानी गर्न उनीहरुले चलाउने कम्प्युटर वा ट्याब्लेट आदिको स्क्रिनलाई सबैले देखिने गरी राखौं ।
  • बालबालिकालाई आफ्नो युजर आईडी, पासवर्डजस्ता व्यक्तिगत विवरणहरु गोप्य राख्न सिकाऔं ।
  • बालबालिकालाई अनलाइनमा भेटेको साथीलाई सकेसम्म भौतिक रुपमा भेट्न निरुत्साहित गराैं ।
  • बालबालिकाले प्रयोग गर्ने कम्प्युटरमा एन्टिभाइरस, एड ब्लक, नेटक्राफ्ट आदि टुलको प्रयोग गरौं ।
  • अनावश्यक तथा प्रयोग नभएका डिजिटल खाताहरु बन्द गरौं/गर्न लगाऔं ।
  • आफ्नो इन्टरनेट सेवा, अपरेटिङ सिस्ट र एप्लिकेशनमा रहेको प्यारेन्टल कन्ट्राेल चाइल्ड सेफ्टी फिचर प्रयोग गरौं ।
  • Freeware, Pirated software/game Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरुको प्रयोग नगर्न सिकाऔं । त्यस्ता असुरक्षित वेभसाइटहरूले पठाउने Pop-Up Window/Banner मा प्रचारको लागि आउने लिंकमा क्लिक नगर्न सिकाऔं ।
  • कम्प्युटरमा ईमेल/इन्टरनेटको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र Click/open गर्न सिकाऔं । त्यस्ता लिंक तथा Attachmnent शंकास्पद लागेमा नखोल्न सिकाऔं ।
  • कुनै शंकास्पद गतिविधि र असहज परिस्थिति भएमा आफ्नो अभिभावकलाई जानकारी दिन बालबालिकालाई सिकाउनुहोस् र कुनै गम्भीर विषय भए सम्बन्धित निकायमा उजुरी गरौं । साभार टेकपाना बाट 

 

 

Back to top