×

वीरगञ्ज, २७ जेठ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि वीरगञ्ज कारागारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

महामारीका कारण कारागारका कैदी बन्दीहरु पनि प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि २ एरिया २ ले कारागारलाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

उद्योगि पवन अग्रवाल, सिनियर डिस्ट्रिक्ट एड्भाइजर डिएन अग्रवाल, लायन देव चौधरी, बासु तिमिल्सिना, विजय गुप्ता, विनय वंंशल, विजय ओझैया सहितको समूहले  वीरगञ्ज कारागारका प्रमुख कृष्ण गैरेलाई हस्तान्तरण गरेको लायन आकाश सर्राफले जानकारी दिए ।

संस्थाले कारागारमा भएका कोरोना संक्रमितलाई अभाव नहोस् भन्ने अभिप्रायले २ थान ठूलो अक्सिजन सिलिण्डर र फेसशिल्ड मास्क ५० थान हस्तान्तरण गरेको सर्राफले बताए । 
 

Back to top