×

वीरगञ्ज २७ जेठ । वीरगञ्जमा झुण्डीएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को प्रसोतिपुरस्थित चौरमा पुरुषको झुण्डीएको अवस्थामा फेला परेको हो ।

बिहिबार बिहान चौरमा स्थानीयले एक जना पुरुष गम्छाको पासो लगाई झुण्डीएको अवस्थामा शव फेला स्थानीय प्रहरीले जनाएको छ ।

शव बरामद भएका पुरुष स्थानीय ३५ वर्षीय जिमदार देवान हुन् । उनले आत्महत्या गरेका छन् वा उनको हत्या भएको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन ।

शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल पठाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Back to top