×

तस्बिर प्रतिक दैनिकबाट

वीरगञ्ज, २५ जेठ । भारत बिहारको छौडादाना थाना क्षेत्रको मुरलीमा बेहुलालाई अज्ञात समूहले गोली प्रहार गरेको छ ।

ढाका थाना क्षेत्रको कुशवंशी नगरबाट मुरलीमा जन्ती लिएर गएका बेहुला अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन् । बेहुला सवार गाडी बिहे हुने घर नजिकै पुग्नै लाग्दा मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले फोटो खिच्ने बहानामा गाडीको सीसा खोल्न लगाएर गोली प्रहार गरी फरार भएको मोतिहारी प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते बेहुलाको मोतिहारीस्थित अस्पतालमा उपचार भइरहेको र गोली हान्ने समूहको खोजी भइरहेको मोतीहारी प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर कुमारले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बेहुला खतरा मुक्त छन् । 
 

Back to top