×

वीरगञ्ज, १३ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले ५३ लाख ८० हजार अवैध रकमसहित २ जनालाई पक्राउ गरेको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल कालो झोला बोकेर हिँडीरहेको अवस्थामा चेकजाँच गर्दा बेकबाट २४ लाख रकम बरामद भएको छ ।

त्यस्तै बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ घर भइ वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकीमा बस्ने २६ वर्षीय शिव आनन्द गुप्ताको कोठा खानतलासी गर्ने क्रममा २९ लाख ८० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

बरामद रकमसहित पक्राउ परेका दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान थालीएको प्रहरी नायब उपरिक्षक खनालले बताए । 
 

Back to top