×

वीरगञ्ज, २१ बैशाख । सामाजिक सञ्जालमा देखिएको एक तस्बिरले वीरगञ्जमा चर्चा पाएको छ । पहेँलो रङ्गको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हातमा पसिनाले निथ्रुक्क भिजेको गलभ्स, मुखमा एन ९५ र सर्जरी मास्क, शिरमा हेडकभर र मुहारमा फेस सिल्डसहितको एउटा तस्बिरले सामाजिक सञ्जाल तताएको हो ।

स्वास्थय सामाग्रीसहितको तस्बिर र क्यामेरामा कैद भएको उनि वरपरको अवस्था हेर्दा कुनै अस्पतालको कक्षमा नर्स भनेर सहजै अनुमान लगाउन सकिन्छ । हो उनि हुन् वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ निवासी बिन्जु घिमिरे । घिमिरे पेशाले नर्स हुन् ।

उक्त तस्बिरमा भएको दृश्य भक्तपुरको लोकन्थलीस्थित सुमित हस्पिटल प्राइवेट लिमिटेडमा काम गर्ने क्रममा क्यामेरामा कैद भएको पाइएको हो । उक्त हस्पिटलमा २२ जना कोरोना संक्रमितको उपचार हुँदै थियो । जसमध्ये ९ जनाको आइसियुमा उपचार हुँदै थियो ।

विश्वभरी फैलिएको महामारीको समयमा अस्पतालमा दक्ष जनशक्तिको अभावका बिच घिमिरेले नै २४ सै घण्टा काम गर्ने गरेको उनका आफन्तले बताएका छन् । महामारीको समयमा संक्रमितको चाप बढ्दा पनि आफुले २४ सै घण्टा डिउटी गर्नुपरेको र सोही अवस्थामा निद्रा लाग्दा आइसियु कक्षमा रहेको पोलमा अडिएर आराम गर्दै गर्दा उनका साथीले तस्बिर खिचिदिएको उनको भनाई छ । 

Back to top