×

वीरगञ्ज २१ वैशाख । दोश्रो चरणको कोरोना संक्रमण अत्यधिक तीव्र गतिले बढ्न थाले पछि जिला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको छ । 

निषेधाज्ञा जारी हुँदा आवश्यक पर्ने औषधी र नेपालमा उपलब्ध नहुने र भारतबाट औषधी ल्याउन नमिल्दा विरामीहरु मार्कामा परेका छन् । 

नेपालमा उपलब्ध नहुने यस्तै औषधीका अब ग्रिन सिटि सामुदायिक केन्द्रले रक्सौलबाट ल्याइदिने भएको छ । केन्द्रले गत वर्ष जस्तै यस वर्षपनि विरामीहरुका लागि अत्यावश्यक औषधी भारतबाट ल्याउने काम सुरु गरेको अध्यक्ष जय प्रकाश खेतानले बताए ।

विरामीलाई औषधी आवश्यक पेरको खण्डमा उनीहरुले ग्रीन सिटीले नम्बरमा सम्पर्क गर्न सक्छन । अध्यक्ष खेतानले ९८४५२६६०२२, ९८५५०३६६१० मा सम्पर्क गरेर आफुलाई आवश्यक पर्ने औषधीको नाम टिपाउन सक्छन । 

ग्रीन सिटीले साथै नि:शुल्क अक्सिजन र एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।

Back to top