×

वीरगञ्ज, १४ बैशाख । पछिल्लो समय संसारका अधिकांश देशहरुमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । चिकित्सकहरुका अनुसार नेपाल र भारतमा कोरोना संक्रमितहरुको फोक्सो बिगारिरहेको छ । कोरोनाले फोक्सोमा घातक हमला गरिरहेको छ । कोरोनाको लक्षण देखिनुभन्दा अगाडि नै मानिसको संक्रमितहरुको २५ प्रतिशतसम्म फोक्सो बिग्रिएको चिकित्सकहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार, कोभिड-१९ का कारण करिब ६० देखि ६५ प्रतिशत बिरामीलाई सामान्यतः श्वासप्रश्वासमा समस्या हुने देखिएको छ । उनीहरुको अक्सिजन लेभल तीव्ररुपमा घटिरहेको छ । कतिपय सन्दर्भमा त संक्रमित बिरामीहरुको अक्सिजन लेभल दुई-तीन दिनभित्रै ८० प्रतिशतसम्म तल झरिरहेको छ ।

यस्तो अवस्थामा तत्काल अक्सिजन नपाउँदा यस्ता बिरामीहरुको स्थिति अत्यधिक गम्भीर हुन्छ । फोक्सोमा गम्भीर असर परेको कारण सुरुवाती चरणमा पनि लक्षण देखिन्छन् । यी लक्षणहरु देखिनासाथ बिरामीको तत्काली एक्स-रे र सीटी स्क्यान गराएर फोक्सोको जाँच गर्नुपर्छ ।

फोक्सो बिग्रिइरहेको छ र कोरोनाले घातक हमला गरिरहेको अवस्थामा देखिने लक्षणबारे केही तथ्यहरु हेरौं-

श्वास फुल्नु– यदि श्वास फुल्ने समस्या छ वा श्वास फेर्न समस्या छ भने यसको अर्थ कोरोनाले फोक्सोमा समस्या पारिसकेको छ । यस्तो त्यतिबेला हुन्छ जब भाइरस तीव्ररुपमा शरीरमा फैलिइरहेको हुन्छ र अक्सिजन भएको रगत फोक्सोमा पुग्न रोकिरहेको हुन्छ । यसले शरीरमा अक्सिजनको कमि हुन थाल्छ । यो अवस्था खतरनाक हुन्छ । अत्यधिकरुपमा अक्सिजनको कमीले हाइपोक्सिया पनि हुनसक्छ ।

छातीमा पीडा- जब भाइरस श्वासप्रश्वास प्रणाली हुँदै फोक्सोसम्म पुग्छ जब श्वास फेर्न समस्या हुन्छ । फोक्सोको तल्लो भाग सुन्निने र शरीरमा अक्सिजन कमी हुनथाल्छ । यसकारण छातीमा पीडा महसुस हुनसक्छ र फोक्सो नराम्ररी प्रभावित हुनसक्छ ।

कोभिड निमोनिया- कोभिड निमोनिया बिरामीका लागि सबैभन्दा खतरनाक हुनसक्छ । यसले भाइरस संक्रमित व्यक्तिको फोक्सोको ढोकालाई ब्लक गर्दै रक्तसञ्चार अवरुद्ध गर्दछ । यसले हावा बग्ने एयरवेको लाइनमा अवरोध सिर्जना गर्छ । यसबाट श्वासप्रश्वास प्रवाहमा अवरोध हुन्छ । कतिपय अवस्थामा सुन्निने पनि हुन्छ । हालत त्यतिबेला झन खराब हुन्छ जब यो एयरलाइनिङ पार गरेर ग्यास विनिमय एकाइसम्म पुग्छ र इनफ्लेमेटरी सेलहरु फोक्सोमा आउन थाल्छ । यसबाट शरीरमा अक्सिजनको कमि हुनथाल्छ ।

तीव्र खोकी- खोकी कोरोना भाइरस संक्रमित व्यक्तिमा देखिने लक्षणहरुमध्येको एक प्रमुख लक्षण हो । यो भाइरसले शरीरको कयौं भागलाई सुन्याउने र रोक्ने गर्दा खोकी लाग्छ । कोरोनाको कारण लाग्ने खोकी छिटोछिटो हुन्छ र यसले गला र छातीमा पीडा पनि हुन्छ । यो सुख्खा खोकी हुन्छ ।

रगतको थेग्ला- कोरोना भाइरसले रक्तसञ्चार पनि प्रभावित गर्छ । यसैले ब्लड प्रेस बढ्न पनि सक्छ र रगतका थेग्लाहरु बन्न सक्छ । संक्रमण रगतको माध्यमबाट फैलन्छ र शरीरको कयौं भागमा सेलहरु पनि ध्वस्त बनाउँछ ।

कोरोनाको रिपोर्ट नेगेटिभ आउँदा पनि फोक्सोमा हमला भइरहेको हुन्छ

कोरोनाको नयाँ भेरियन्ट (डबल म्युटेन्ट, वा ट्रिपल म्युटेन्ट स्ट्रेन) का कारण संक्रमणको खतरा गहिरोगरी देखिन्छ । किनकी यसपटक यस्ता बिरामी पनि भेटिएका छन् जसमा लक्षण देखिँदा पनि कोरोना नेगेटिभ देखिएको छ । तर पनि सिटी स्क्यान गर्दा उसको फोक्सो बिग्रिएको पाइएको छ ।

कुनै लक्षण नहुँदा पनि कोरोना पोजेटिभ

त्यस्तै, यस्ता पनि बिरामी भेटिएका छन् जसको शरीरमा कुनै पनि लक्षण छैन तर उसलाई कोरोना भेटिएको छ । उनीहरुको सिटी स्क्यान गर्दा तापक्रम ३५ वा त्योभन्दा कम भएको संकेत देखिएको छ । यसको अर्थ यो हो कि बिरामी कोरोना पोजेटिभ छ ।

त्यस्तै, यदि सिटी स्क्यानको अंक २२ भन्दा कम छ भने उसलाई छिटोभन्दा छिटो अस्पताल भर्ना गर्नुपर्छ ।

२ देखि ३ दिनमै सामान्य लक्षण देखिएकाहरुको अवस्था दयनीय

भारतमा कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यसपटक सामान्य लक्षणका बावजुद पनि बिरामीको अवस्था २ देखि ३ दिनमै दयनीय बन्छ र फोक्सोमा घातक हमला भइसकेको हुन्छ । ४५ वर्षभन्दा बढी उमेरका मानिसहरुको फोक्सोमा बढी समस्या देखिएको छ । यसैले सामान्य लक्षण देखिँदा पनि तत्काल कोरोना परीक्षण गरिहाल्नुपर्छ ।

-भास्कर दैनिकको सहयोगमा

Back to top