×

वीरगञ्ज, ३१ चैत्र । लायन वर्ष २०२१/२२ का लागि लायन्स क्लब अफ वीरगञ्ज परिवारको नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार वीरगञ्जस्थित वन इलेभेन लाउन्जमा बसेको क्लबको बैठकले लायन वर्ष २०२१/२२ का लागि अशोक बेरिवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । बेरिवाल आउँने एक वर्षका लागि क्लबको अध्यक्षका रुपमा रहेर काम गर्ने छन् । 


त्यसैगरी दृतिय उपाध्यक्षमा सन्दीप गुप्ता, दोस्रो उपाध्यक्षमा रवी सर्राफ र तृतीय उपाध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । क्लबको सचिवमा विक्रम आले र कोषाध्यक्षमा अङ्गद साह चयन भएको रिजन चेयरपर्सन रिकेश साहले बताए ।

बैठकमा भर्खरै सम्पन्न लायन क्लबको अधिवेशनबाट लायन वर्ष २०२१/२२ का लागि एरिया चिफमा निर्वाचित बासु तिमल्सिनालाई सम्मानित पनि गरिएको थियो । उनलाई क्लबको नयाँ कार्यसमिति र पूर्व कार्यसमितिका सदस्यहरुले फूलमाला र गम्छा ओढाएर सम्मानित गरेका थिए ।

बैठकमा क्लबका निर्वतमान अध्यक्ष श्याम गुप्ता, डिस्ट्रिकत् डिपार्टमेन्ट चिफ बासु तिमल्सिना, चन्द्रशेकर प्रसाद कुर्मी, रिजन चेयरपर्सन रिकेश साहलगायतको उपस्थिति रहेको थियो ।

Back to top