×

सांकेतिक तस्विर ।

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका ४ गोपिवस्तीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको  अवस्था गम्भीर रहेको छ। वीरगन्ज ठोरी हुलाकी सडक खण्डको ठोरी ४ गोपीवस्तीमा शनिबार बेलुकी पैदल हिंडिरहेका  ४ जना युवाहरुलाई नौकाटोलाका रामसिंह राय थारु सवार रहेको ग ९ प ९५८७ नम्बरको मोटरसाकइलले ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट गोपीवस्तीका अभिषेक गोले, मधु गोले, सञ्जय लामा र आनन्द परियार घाइते भएका थिए। घाइते मध्ये १९ वर्षीय अभिषेकको वीरगन्ज स्थित एसएल न्युरो अस्पतालमा उपचारका क्रममा मध्यरातमा मृत्यु भएको हो। 

घाइते मधु गोलेको भने गम्भीर अवस्थामा एसएल न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरी चौकी विजयवस्तीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मिनबहादुर रमौलीले जानकारी दिए। 

अन्य घाइतेहरु सन्जय लामा र आनन्द परियारको भने अवस्था खतरामुक्त रहेको उनले बताए। ठक्कर दिने मोटरसाइकल चालक थारुको टाउकोमा चोट लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको प्रहरी सहायक निरीक्षक रमौलीले जानकारी दिए।

Back to top