×

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ ले स्टार्ट अप तथा इनोभेसन समितिको संयोजकमा युवा उद्यमी अनुप अग्रवाललाई मनोनित गरेको छ । 


महासंघको प्रदेश कार्यसमिति बैठकले अग्रवाललाई सर्वसम्मतिबाट समितिको संयोजक मनोनित गरेको हो । अग्रवाल नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष समेत हुन् ।

प्रदेश २ मा युवाहरूमा उद्यमशिलता र खोज अनुसन्धानमा आधारित उद्यमका लागि काम गर्न समिति बनाइएको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले बताए । समिति विस्तार गरेर ५ सदस्यीय बनाउने योजना महासंघको छ । 

उद्यमशिलता विकास र उद्यमी व्यवसायीको हित प्रवर्द्धनमा समितिले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास अध्यक्ष लाठले व्यक्त गरेका छन् ।

युवा उद्यमीको दक्षता अभिवृद्धि र समस्याहरूको पहिचान गर्दै समाधानका लागि पहल अघि बढाइने संयोजक अग्रवालले बताए ।
 

Back to top