×

वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोदकुमार गुप्ताले प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहसँग वहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल क्रममा खारेज गरिएको औद्योगिक सुरक्षा बललाई पुनस्र्थापना गर्न र वैद्य व्यापारलाई प्रोत्साहन तथा अवैध व्यापारलाई निरुत्साहित तुल्याउने नीति लिन आग्रह गर्नु भएको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोदकुमार गुप्ताको नेतृत्वमा सम्मिलित वीरगन्ज उद्योग वाणिज्य सङ्घका एक शिष्टमण्डल टोलीले प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह सँग भेटघाट तथा छलफल गरेका हुन् । 

भेटघाट तथा छलफलका क्रममा अध्यक्ष गुप्ताले सेफर वीरगन्जद्वारा परिचालित सिसिटिभी परियोजनाबाट वीरगञ्जवासी लाभान्वित भइरहेकोले यस परियोजनालाई पर्सा–बारा औद्योगिक क्षेत्रभरी विस्तार गर्न आवश्यक बजेट विनियोजनको लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो । 

वहाँले पर्सा–बारामा विगतका वर्षदेखि शान्ति सुरक्षामा आएको सुधारलाई निरन्तरता दिइनुपर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस्तै पर्सा–बारामा अत्यधिक आर्थिक क्रियाकलाप हुने भएकोले सोही अनुपातमा सुरक्षा हुनुपर्ने बताउँदै स्माइलिङ्ग प्रहरी र फ्रेण्डली प्रहरीको अवधारणालाई व्यवहारमा रुपान्तरित गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रहरी नायव महानिरीक्षक सिंहले प्रदेश नं. २ को शान्ति सुरक्षाको लागि आपूm गम्भीर एवम् सम्वेदनशील रहेको बताउनुभयो । वहाँले आपराधिक क्रियाकलापमा संलग्न रहने जोकोहीलाई पनि उन्मुक्ति दिन नसकिने बताउनुभयो । साथै सेफर वीरगञ्जद्वारा परिचालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्न वहाँले आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । 

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । 


 

Back to top