×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ३ लाख १२ हजार रुपैयासहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


वीरगञ्ज महानगरपालिका वडा न. १६ रजतजयन्ची चोकमा चेकजाँचको क्रममा भारतको रक्सौलबाट नेपालतर्फ बिआर २२ एआर ३६८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा आउँदै गरेका पुर्वी चम्पारण मोतिहारी थाना सुगौली बस्ने २५ वर्षिय सोनु साहलाई प्रहरीले पक्राउ गरेको हो ।


अवैध हुण्डीको कारोवार भइरहेको सुचनाको आधारमा शंका लागी चेकजाँच गर्दा स्रोत नखुलेको ५ हजार २ सय भारतीय रुपैया र ३ लाख १२ हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।


पक्राउ परेका साहविरुद्ध बैंक तथा वित्तिय ऐन २०७३ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशमा ५ दिनको म्यान थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक समेत रहनुभएका खनालले बताउनुभयो ।

 

Back to top