×

वीरगञ्ज । पर्साको पोखरीयामा वडा नं. ७ गोविन्दपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य नेजामुद्दीन शमानीको पहलमा भएको सो आखाँ शिबिर वीरगज महानगरपालिकाको प्रमुख बिजय सरावगी र माट्रिकाआई फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो ।

क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव र राजनारायण कुर्मीको अयोजनामा भएको शिविरको उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाको प्रमुख बिजय सरावगीले गर्नु भएको हो ।सो कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, उप – प्रमुख सलमा खातुन, खलिल मियाँ, परमानन्द कुर्मी वडा अध्यक्ष नन्द कुर्मी लगायतको उपस्थिति थियो ।

श्री टैरीमाई युवा क्लब जगतपुरको सहजिकरणमा सम्पन्न शिविरमा २५५ जनाको आँखा परिक्षण गरिएकोमा १४५ जनामा मोतिबिन्दु फेला परेको क्लबका उपाध्यक्ष राधेश्याम कुमार सोनारले बताउनु भयो ।

Back to top