×

जनकपुरधाम । धनुषाबाट साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी निवासी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले जटही नाकाबाट अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

जनकपुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी स्रोत नखुलेका रकम रु. २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीमा पक्राउ परेको उनले बताए ।

पक्राउ परेको रकमसहित दुबैजनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

Back to top