×

काठमाडौं । टेस्लाका मालिक एलन मस्कलाई पछाडि पार्दै अमेजनका सीईओ जेफ बेजोसले विश्व धनाढ्यको सूचीमा पुनः आफूलाई उभ्याएका छन् ।

फोर्ब्सको फेब्रुअरी १६ को रिपोर्ट अनुसार बेजोसको कुल सम्पत्ति १९० अर्ब तीन सय करोड डलर रहेको छ ।

यस्तै सोही अवधिमा मस्कको कुल सम्पत्ति भने १७३ अर्ब चार सय करोड अमेरिकी डलर छ । 

यसबीच माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स चौंथो स्थानमा छन् । उनको कुल सम्पत्ति १२३ अर्ब नौ सय करोड रहेको छ ।

पाँचौं स्थानमा रहेका फेसबुकका मार्क जुकरवर्गको सम्पत्ति सय अर्ब डलर रहेको छ भने तेस्रो स्थानमा रहेका फ्रेन्च लक्जरी ब्राण्डका मालिक बरनर्ड आरनल्टको कुल सम्पत्ति १५७ अर्ब ९ सय डलर रहेको छ । 

गत महिना विद्युतीय कार निर्माता टेस्लाका मालिक तथा सीईओ मस्कले बेजोसलाई पछि पार्दै विश्व धनाढ्यको सूचीमा आफूलाई पहिलो पटक उभ्याएका थिए ।

Back to top