×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय रौतहटले राजश्व छली गरेर ल्याउँदै गरेको अवस्थामा १० वटा भैंसी र पाडो बरामद गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरमा भारतबाट राजश्व छलेर अवैध तरिकाले भित्र्याउँन खोजिरहेको अवस्थामा ८ वटा भैंसी र २ वटा पाडो रौतहट प्रहरीले बरामद गरेको हो । 

जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार अर्थात राजश्व छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको गस्ती टोलीले भैंसी र पाडो बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले चौपाया नियन्त्रण गरेपनि उनीहरुलाई धपाएर ल्याउँने तस्करहरुलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरी अनुसार तस्करहरु प्रहरीलाई देख्नसाथ चौपायाहरुलाई छाडेर फरार भएका थिए ।

नियन्त्रणमा लिईएको चौपायाहरुको अनुमानित मूल्य अढाई लाख बराबर रहेको प्रहरीले जनाएको छ । चौपायाहरुलाई रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Back to top