×

वीरगञ्ज २८ पुष । वीरगञ्ज पब्लीक कलेजले आफ्ना दुई पूर्व विद्यार्थीलाई सम्मानित गरेको छ । मंगलबार वीरगञ्जस्थित होटल भिस्वामा आयोजित एक कार्यक्रम बीच कलेजले आफ्नो पूर्व विद्यार्थी प्रहरी निरीक्षक राजेश राज पुरी र पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमीत गिरिलाई सम्मान गरेको हो । 

प्रहरी निरीक्षक पुरी अहिले जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको वडा प्रहरी कार्यालय विर्ता वीरगञ्जमा कार्यालय प्रमुखका रुपमा कार्यरत छन् । पुरी यसअघि जिल्ला प्रहरी कार्यालय पर्साबाट मंसिर महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मानित भएका थिए ।

त्यसैगरी सम्मानित हुने गिरि नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष समेत हुन् । 

दुबै जनालाई कार्यक्रममका प्रमुख अतिथि प्रभु हस्पीटलका प्रमुख डा. मनोज कुमार गुप्ताले दाेसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरेका थिए ।

सम्मान ग्रहण गरेपछि कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पुरीले आफु पढेको कलेजबाट सम्मानित हुँदा खुसी महसुस भएको बताएका थिए । उनले आफु आज प्रहरी निरीक्षक बन्नु पछाडी कलेजमा पाएको ज्ञान, संस्कार र अनुसासनले महत्वपूर्ण भूमिका खलेको उल्लेख गरेका थिए ।

कलेजका निर्देशक प्रा. डा. दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वानका प्रदेश अध्यक्ष आरसी यादव, कलेजका प्रधानाध्यापक हरि रत्न तुलाधर, सम्मानित भएका अधिकृत अमित गिरिलगायतले मन्तव्य राखेका थिए । 

Back to top