×

वीरगञ्ज ४ मंसिर । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा १४ जना कोरोना संक्रमित थपिएका छन् । 

बारा र  पर्साका विभिन्न स्थानबाट संकलित ८८ जनाको स्वाब परिक्षण गर्दा पर्साका १२ र बाराका २ जनामा संक्रमण पुष्ठि भएको हो । 

वीरगञ्जमा थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर १३, ४, ६  ५ मा दुई/दुई जना, वडा नम्बर ३, १० र १६ मा एक/एक जना र वडा नम्बर ८ मा तिन जना रहेका छन् । 

त्यस्तै बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना र कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा एक जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रबक्ता एवम् बरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए । 

३ जना महिलासहित थपिएका संक्रमितहरु २८ वर्षदेखी ६० वर्ष उमेर समुहका रहेका छन् । उनिहरुको सिटि भ्यालु १७ देखी ३० सम्म रहेको डाक्टर चौरसियाले बताए ।

Back to top