×

सामुद्रीक शास्त्र अनुसार शरीरको अंग फर्फराउँदा यसलाई भविष्यका सम्भावित घटनाको मान्ने गरीन्छ ।

यस्ता संकेत कुनै राम्रा र कुनै नराम्रा पनि हुने गर्दछन् । आज हामी शुभ संकेत गर्ने शरीरका अगंका बारेमा चर्चा गर्दैछौँ-

१. यदी तपाईको टाउकोको भाग फर्फराएको छ भने समुन्द्र शास्त्र अनुसार यसले घरजग्गा लाभ प्राप्त गर्ने संकेत गर्दछ । साथै सफल हुने सम्भावना मानिन्छ ।

२. यदी तपाईको हात फर्फराएको छ भने खुसी हुनुहोस्, तपाईले चाँडै धन प्राप्त गर्ने योग बनेको छ । समुद्र शास्त्र अनुसार हात फर्फराउनु शुभ संकेत हो ।

३. सामुद्रीक शास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो । अर्थात् तपाईं चाँडै संर्घषशील कार्यमा विजयी रहनु हुनेछ ।

४. यदि तपाईंको निधार फर्फराएको छ भने जागिरमा प्रमोशन प्राप्त हुने वा मानसम्मान प्राप्त गर्ने समय आएको छ । यो स्थान परिवर्तनको समेत सूचक हो ।-एजेन्सीको सहयोगमा ।

Back to top