×

वीरगञ्ज २ कात्तिक । नेपाल बाल संगठनको पर्सा जिल्ला कार्यसमितिको सभापतिमा राम किशोर सिंह चयन भएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय कार्यसमितिले पर्सा शाखाको सभापतिमा राम किशोर सिंहलाई चयन गरेको हो । 

संगठनले यसअघि देशभर रहेका सम्पूर्ण समितिहरुलाई विघटन गर्दै नयाँ नेतृत्वका साथ हरेक जिल्लामा नयाँ समितिहरु गठन गरेको छ ।
 
पर्सा जिल्लाको नयाँ कार्यसमितिको जिम्मा लिएसँगै सिंहले सक्रियता पनि देखाएका छन् । उनले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको उपस्थितिमा दुई जना सदस्यलाई मनोनयन गर्दै तदर्थ समिति समेत गठन गरेका छन् ।  तदर्थ समितिको सदस्यमा हेमन्त तामाङ र राजाबाबु रौनियार चयन भएका छन् ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तदर्थ समितिमा चयन भएका सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिँदै आगामी दिनहरुमा बालबालिकाको हक अधिकारका लागि समितिसँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीलाई संगठनको संरक्षकका रुपमा रहेने विधानमा व्यवस्था रहेको छ ।

Back to top