×

वीरगञ्ज २ कात्तिक । वीरगञ्जस्थित नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना हुनेभएको छ ।

वीरगञ्जमा आईतबार सम्पन्न सर्वदलीय बैठकले नारायणी अस्पतालमा नयाँ र आधुनिक प्रविधियुक्त अक्सिजन प्लान्ट स्थपना गर्ने निर्णय गरेको हो । 

पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषको रकमबाट अक्सिजन प्लान्ट निर्माण गर्ने घोषणा गरेका छन् ।  
 
अक्सिजन प्लान्ट स्थपना भए पश्चात अस्पताल सिलिण्डरको झनझटबाट मुक्त हुनेछ । सांसद् श्रीवास्तवले प्लान्ट निर्माणपछि प्रत्येक बेडमा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता समाप्त भएपछि आफै बन्द हुने प्रबिधीयुक्त मेसिनपनि जडान गर्ने बताए । 

उनले प्लान्ट स्थपनासँगै अन्यत्र बाट अख्सिजनको सिलिण्डर मगाएर सप्लाइ गर्ने पुरानो परम्पराको अन्त्य हुनुका साथै बन्द र हडतालमा समेत सिलिण्डरको अभावमा रोगीहरु बच्ने अपेक्षा गरिएको छ ।

श्रीवास्तवले तत्काल आफ्नो संसदीय विकास क्षेत्र कोषको रकमबाट २ करोड लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्लान्ट निर्माणको लागि आवश्यक पर्ने थप रकम वीरगञ्ज महानगरपालिकाले दिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

सांसद् श्रीवास्तवको निजि निवासमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादव, जसपाका नेता रामनरेश यादव, अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जयकुमार ठाकुर, नेपाल पत्रकार महासंघका सभापति श्याम बञ्जारा, सञ्चारकर्मी महेश दास, चन्दन मिश्रलगायतको सहभागिता रहेको थियो । 

Back to top