वीरगञ्ज २८ असोज । पर्सा प्रहरीले भन्सार छली गरेर ल्याइएको खाद्यान्न, हार्ड वेयर तथा लत्ताकपडा बरामद गरेको छ ।
जिल्लामा रहेका विभिन्न नाकाहरुबाट विभिन्न मितिमा राजश्व छली गरेर ल्याइएको साढे ११ लाख बराबरको खाद्यान्न, हार्ड वेयर तथा लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको एघार लाख बाइस हजार छ सय पाँच बराबरको मटर, हार्ड वेयर सामग्री, लत्ताकपडा थप कारवाहीका लागि भन्सार कार्यालय वीरगञ्ज बुझाएको जनाएको छ ।
दशैँ, तिहार र छठ पर्व नैजिकिदै जाँदा भन्सार छलेर सामग्री भित्र्याउने क्रम बढेको छ ।