वीरगञ्ज २८ असोज । महिलाकाे हत्या गरी हात र खुट्टा बाधेर गंगाेल नदीमा फालेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नम्बर २ भेडिहारी निवासी बर्ष ३१ का महमद रैफुल खाँ पैठान (शैफुल खाँ) रहेका छन् ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ स्थित गंगोल नदीमा असाेज २१ गते विहान एक महिलाको शव फेला परेको थियाे ।
कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी र वडा नम्बर ४ प्रशुरामपुरको बिचमा पर्ने गंगोल नदीमा हाथ र खुट्टा बाधेकाे अवस्थामा शव फेला परेकाे महिलाकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
महिला भारत बिहार रक्साैल पनटोका निवासी ३५ बर्षिय रेहाना नेसा रहेकी प्रहरीले जनाएको छ । पक्राउ परेका पैठानले महिलाकाे कालिकामाई गाउँपालिकाकाे वडा नम्बर ४ प्रशुरामपुरस्थित गंगाेल नदी किनारमा रहेका भागवतीकाे मन्दिरमा लगि हत्या गरी हात र खुट्टा बाँधेर नदिमा फालेकाे स्विकारसमेत गरेको प्रहरीले जनाएकाे छ ।
पैठानकाे महिलासँग अनैतिक सम्बन्ध रहेकाे पनि खुलेकाे छ । महिला वीरगञ्ज रानीघाटस्थित काेठा भाडामा लिएर बस्दै आएका थिइन ।