×

वीरगञ्ज २४ असोज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वडा नम्बर १४ सानो पिपरामा रहेको शक्तिपिठ बौद्धिमाताको अवलोकन तथा निरिक्षण गरेका छन् ।

चाडवाड नजिकिएसँगै शक्तिपिठहरुको व्यवस्थापन तथा मर्मत सम्भारतर्फ ध्यानकेन्द्रित गर्दै नगरप्रमुख सरावगीले बौद्धिमाताको निरिक्षण गरी सो क्षेत्रका समस्याको समाधान गर्न आश्वासन दिएका छन् ।

समाजका अध्यक्ष अनिल पटेलले क्षेत्रका समस्याको बारेमा मेयर सरावगीलाई जानकारी गराएपश्चात नगरप्रमुख सरावगीले मन्दिरको वरिपरी भेपर लाइट जडान गर्ने, पुरानो पोखरीलाई प्राविधिक टोलिको सहयोगमा जग्गा नापी पोखरी व्यवस्थापन गर्ने, वृक्षरोपण गर्ने, मन्दिरको वरिपरि पर्खाल लगाउने, सार्वजनिक शौचालय र मन्दिरको रंगरोगन गर्ने लगायतका कार्यहरु तत्काल अगाडी बढाउने आश्वासन दिएका छन् ।

युवा समाज पिपराको पहलमा भएको कार्यक्रममा वडा अध्यक्ष भरत प्रसाद कुर्मीले पनि आफ्नो वडाबाट हुन सक्ने बजेटको व्यवस्थापन गरेर समस्याहरुको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

उक्त टोलिमा नेपाली कांग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, समाजका अगुवा बिरजीत कुर्मी, बिश्वेश्वर कुर्मी, पतिलाल राउतलगायतको उपस्थिती रहेको थियो ।

Back to top