वीरगञ्ज २४ असोज । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लगाइएको प्रतिबन्धका कारण बन्द रहेका विद्यालयलाई ठेकेदारहरुले आफ्नो गोदाममा परिणत गरेका छन् ।
लामो समयदेखि बन्द रहेको पोखरिया नगरपालिकाको एउटा विद्यालयलाई स्थानीय केहि ठेकेदारहरुले आफ्नो गोदाममा परिणत गरेका हुन् । उनीहरुले विद्यालय परिसर भित्र विभिन्न प्रकारका निर्माण सामग्री थुपारेर त्यहाँको भौतिक संरचनामा समेत क्षति पुर्याएका छन् ।
ठेकेदार नरेन्द्र साह कानुले पोखरिया नगरपालीका वडा नम्बर ९ को पूर्वी टोल शिववर्वास्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा छत ढलान गर्न उपयोग आवश्यक पर्ने सेल्टरिङको कागी बाँधिएको छड, पटरी, सिमेन्ट, बालुवालगयातका सामग्रीहरु कक्षा कोठासमेतमा थुपारेर विद्यालयको भौतिक संरचनामा क्षति पुर्याएका छन् ।
थुपारेर राखिएको सामग्रीका कारण विद्यालयका कक्षा कोठाहरुको झ्यालोको सिसा भाच्नुका साथै डेक्सबेन्चसमेत टुटेको स्थानीयले जानकारी दिए । ठेकदार कानुलाई सामग्री हटाउँन पटक-पटक आग्रह गर्दापनि उनले अटेरी गरेको स्थानीयहरुको आरोप छ ।
त्यसैगरी विद्यालयमा खुल्लै रहेका केहि खाल्डा खुल्डीका कारण त्यहाँ दुर्घटनाको जोखिम समेत बढेर गएको छ ।
विद्यालय व्यवस्थापन समितिको कमजोरी र प्रधानाध्यापकको लापरवाहीका कारण विद्यालय ठेकदारको कब्जामा गएको स्थानीयहरुको गुनासो छ ।
स्थानीयहरुले विद्यालयका प्रधानाध्यापक मोजिमिल मियाँलाई समस्या बारे जानकारी गराउँदा समेत उनि अनिविज्ञ बन्ने गरेको बताउछन । त्यसैगरी वडाका वडाध्यक्ष रामबाबु प्रसाद चौहानलाई पनि गुनासो गर्दा उनले समस्या समाधान बारे कुनै चाँसो नदेखाएको स्थानीयले बताए ।