×

वीरगञ्ज २४ असोज । वीरगञ्ज कलेजले शैक्षिक सत्र २०७७ को लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि अनलाईन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोनाका महामारीका कारण भौतिक दुरी कायम गर्नु पर्ने सरकारी निर्देशन रहेको हुदाँ वीरगञ्ज कलेजले आफनो सबै शैक्षिक गतिविधि अनलाइन मार्फत गर्दै आएको छ ।

सोही क्रममा कलेजले कक्षा ११ मा भर्ना भएका विधार्थीहरुको लागि अनलाइन मार्फत व्यक्तिगत विकासको निम्ति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष तथा प्रशिक्षक रहबर अन्सारी रहेका थिए ।

९० भन्दा बढी छात्र छात्राहरुको सहभागीता रहेको तालिममा मुख्य ट्रेनरको रुपमा रहबर अंसारी, राजन कोइराला, क्याम्पस प्रमुख बिनोद कुमार गुप्ता तथा दर्शन केसीलगायतका रहेका थिए । प्रशिक्षण कार्यक्रमको सहजीकरण कलेजका कोडिनेटर प्रेम पटेल तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले गरेका थिए ।

विधार्थीहरुको लागि अनलाईन कक्षा तथा विभिन्न अनलाईन गतिविधिहरुको गर्दैआएको कलेज विरगंजमा उत्कृष्ट बन्दै गएकोछ । अनलाईन टे«निङ्गमा विधार्थी , प्रशिक्षक सहजकर्ता लगायतका सबै जना जुम एपबाट सहभागी भएका थिए ।

Back to top