वीरगञ्ज २३ असोज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर ईनरवा टोलमा निर्मित ढलान सडक र नालाको उद्घाटन गरिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको संसदीय कोषको रकमबाट निर्मित ढलान सडक र नालाको शुक्रबार एक कार्यक्रम बीच उद्घाटन भएको हो ।
स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोषबाट निर्मित ढलान सडक र नालाको सांसद् यादवले रातो फिता काटेर सम्पन्न उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद् यादवले विकास निर्माणको मुख्य पूर्वाधार सडक भएकोले सडकलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले गुणस्तरीय विकास निर्माण र सुशासनले मात्र परिवर्तन सम्भव भएकोले सबैलाई मिलेर अगाडी बढ्न र विकास निर्माणको काममा साथ् दिन आग्रह गरे ।
उनले आगामी दिनमा पनि वडाको विकासको लागि विभिन्न योजनाहरु ल्याउने प्रयास गरिरहेको जानकारी समेत गराएका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य जनत् अन्सारी, जिल्ला सदस्य उमाशंकर तिवारी, ओमप्रकाश साह, वडा ईकाई अध्यक्ष मोहन राउत कुर्मी, सांसद् प्रतिनिधि घनशयाम गुप्तालगायतको उपस्थिति रहेको थियो ।